महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेका छन्।कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव आज बिहान २ बजे एक्कासी बेहोस भएका थिए।
उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षलाई स्वरोजगार वर्षका रुपमा मनाउने भएको छ । स्वरोजगार वर्षको रुपमा मनाउन तथा स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई स्वरोजगारतर्फ उन्मुख गराउन गाउँपालिकाले ७० लाख विनियोजन गरेको छ ।११ औं गाउँसभामा अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाभित्रका स्वरोजगार गर्न चाहने वर्गलाई लक्ष्य गरी ‘एक घर एक स्वरोजगारमूलक तालिम’ अभियान चलाउने जनाए ।‘रुपा गाउँपालिकाभित्रका रोजगार गर्न चाहने युवा, महिला, दलित, लक्षित वर्ग तथा स्वरोजगार गर्न चाहनो समूहलाई तालिम केन्द स्थापना गर्ने,’ रुपाको नीति तथा कार्यक्रममा भनिएको छ, ‘उनीहरुकोा ईच्छाअनुसार तालिमको व्यवस्था गरी एक घर एक स्वरोजगारमूलक तालिमको व्यवस्था गरिने छ ।’