भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरीका अनुसार आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेर अस्मिताको मृत्यु भएको हो।
त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोट खलंगामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहोर फाल्न गएको बेला चिप्लिएर लडेको प्रहरीले जनाएको छ।प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो। मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ। सरकारसँग बुधबार मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यावहारिक निर्णय भएको भन्दै संघले बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।