पोखरा । आज जुन २१ तारिख, वर्षकै लामो दिन हो।आज सूर्यको प्रकाश लामो समयसम्म पृथ्वीमा रहन्छ। सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले उत्तरी गोलार्द्धमा २१ जुनमा दिन लामो हुन्छ।नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ।जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ।पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने घोषणा गरेका योजनाहरुको लिस्ट बनाएर अभियानले मेयर आचार्यलाइ बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भुमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदाहरुलाई सुझावको रुपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेको बताए । ‘पोखरा महानगरपालिका प्रमुखको रुपमा पदभार ग्रहण गरि सकेपछि मेयर साबले एक वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएका योजनालाई हामीले लिस्ट बनाएर दिएका छौं । ताकि उहाँलाई आफ्नो चुनावी बाचा सम्झिन सजिलो होस्,’ उनले भने ।काम गर्नु र गरि रहनुमा फरक रहेको बताउदै कार्कीले अभियानको तर्फबाट सफल कार्यकालको शुभकामना दिएको बताए । महानगरपालिका बनाउनका लागि अभियानले सिर्जनात्मक दबाब दिइ रहने उनले बताए ।आगामी संघ र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारलाई एकजुट बनाउन अभियानका परिकल्पनाकार गनेस पौडेल देश दौडाहामा निस्केका छन् । देश व्यापी छलफल पछि स्वतन्त्र उम्मेदवारको समुह बनाउन पहल गरिने कार्कीले बताए ।