गोरखा । गोरखामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ।सिरानचोक गाउँपालिका–५, जरेबरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो।
हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई करेन्ट लागेको थियो।ताप्लेजुङ स्थायी घर भएका उनलाई करेन्ट लागेपछि भुइँमा खसेका थिए।गम्भीर घाइते लिम्बुको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(३ चैले बस्ने २९ वर्षीय राजन बिक रहेका छन् प्रहरीका अनुसार बिकले ती किशोरीलाई सोही गाउँपालिका -३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले सोमबार साँझ घरपझोङ गाउँपालिका -४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।