काठमाडौँ — सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले ुटाटा टियागो मिस डिलाइटु को उपाधि पनि जित्न सफल भएकी छिन् ।
द काठमाडु पोस्ट डाबर अमला मिस ब्युटिफुल हेयरु को उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामरु को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन् ।फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घरपहिरोले बगाएको छ । ३० घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । उनका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।