सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्यान गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्यान गएको हो ।स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको सवारी दुर्घटनामा परी मृत्यु भएको हो। विद्यालय जाँदै गर्दा शुक्रबार बिहान उनी चढेको स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा बजारिन पुगेको थियोे ।
आचार्य बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको घर दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा पर्छ । उनी निमावि तहमा स्थायी शिशिकाको रुपमा कार्यरत थिइन् । मृतक आचार्य नेपाली काग्रेस दुप्चेश्वर गाँउकार्यसमितिका सचिव शशी आचार्यको जिवनसंगिनी हुन् ।इलाका प्रहरी कार्यालय खरानीटारका इन्स्पेक्टर योगेश खरेलले मृतकको शव जिल्ला अस्पताल त्रिशूली पठाइएको वताए । घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि आउने खरेलले जानकारी दिए ।
यस्तै ,नुवाकोट पञ्चकन्या गाउँपालिका ३ की २१ वर्षीया युवती/महिला तीन दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।पञ्चकन्या घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका ७ फुटुङमा डेरा गरी बस्ने कुमार तामाङकी श्रीमती सीमा तामाङ बेपत्ता हुनुभएको हो । उहाँका श्रीमान् कुमार तामाङका अनुसार जेठ ३० गते साँझ करिब साढे ५ बजे सीमा आफ्नो लत्ताकपडा लिएर डेराबाट निस्किएकी हुन् । आफू कामबाट फर्किँदा श्रीमती सीमा कोठामा नभएपछि छिमेकीलाई सोधपुछ गर्दा कोठा छोडी हिँडेको र आफन्तकहाँ सोधखोज गर्दा नभेटिएको कुमारले बताउनुभयो ।
श्रीमती सीमा तामाङ मोबाइल फोनसमेत बन्द गरी सम्पर्कविहीन भएपछि कुमारले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि मंगलबार निवेदन दिनुभएको छ । गृहिणीको रुपमा रहेकी सीमा गोरी, अन्दाजी ५ फिट उचाई भएकी र पालतो शरीरकी हुनुहुन्छ ।तामाङले कहींकतै देखेभेटेमा ९८२३६६२०६२ नम्बरमा फोन गरी जानकारी दिन पनि अनुरोध गर्नुभएको छ ।