बलिउड अभिनेता सोनू सूदले फिल्ममा खल’नायकको भूमिका निभाए पनि वास्तविक जीवनमा उनी नायक हुन् । उनको उदार’ताका कथा’हरू प्राय सुनिन्छन्। जस’का कारण उनी फेरी चर्चामा आएका छन् ।
सोनु सुदको सह’योगमा नवादाको वारिस’लीगञ्जको हेम्दा गाउँकी चार हात र चार खुट्टा भएको बालिकाको शल्य’क्रिया सम्भव भयो । सोनुले बालिकाको आफ्नै खर्चमा शल्य’क्रिया गराएर आफ्ना दुई हात र दुई खुट्टा छुट्या’एका हुन् ।
सोनु सुद आफैले सामाजिक सञ्जा’लमा यसको जानकारी दिएका छन् । बिहारकी चौमुखी नामकी छोरीसँगको फोटो सेयर गर्दै उनले लेखे’का छन्,मेरो र चौमुखी कुमारी’को यात्रा सफल रह्यो। चार खुट्टा र चार हात भएको चौमुखी बिहारको एउटा सानो गाउँमा जन्मिए’की थिइन्। अब उनी शल्य’क्रियापछि घर जान तयार छिन्
सोनू सूदको पोस्टमा कमेन्टको बाढी आएको छ । मानिसहरुले कला’कारको तारिफ गरिरहेका छन्।एक प्रयोग’कर्ताले लेखे, धेरै महान। सर तपाईं एक महान व्यक्ति हुनुहुन्छ। म तपाईंबाट प्रेरित छु सर। म आफ्नो समय अरूलाई सके’सम्म मद्दत गर्न दिन्छु ।
अर्का एक प्रयोग’कर्ताले टिप्पणी गरे,तिमी जस्तो धेरै कम मान्छे छन्। भगवानले तपाईलाई सधैं आशिष् दिनुहुन्छ । एक जनाले मानव रूपमा भगवान लेखे।