लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री एवं सांसद विमला कुमारी खत्री ओली वाइसिएल नेता भनिने एकराज बस्नेत सगँ आर्थिक लेनदेनकाे काराेवार मिलाउन घरमा पुगेकाे अबस्थामा श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादिमा तानिएकी छिन ।
मन्त्री वली दाङको तुलसीपुर ५ बसपार्क स्थित मंगलबार बिहान पिएसओ सहित मन्त्रालयकै गाडीमा एकराजको घर गएकी थिइन । लेनदेनकाे काराेवार मिलाउन बस्नेतकाे निवासमा पुगेकी वलीलाई एकाएक नियाेजित तरिकाले
श्रीमती र छोरीमाथि कुटपिट गरेको आराेप लगाईएकाे छ । विवादित बनेकी राज्यमन्त्री वली ले घटनाकाे वास्तविकता भने फरक रहेको बताएकी छिन् । आफू र एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको उनले बताईन ।
उनका अनुसार वाइसिएल नेता भनेर चिनिने एकराज बस्नेतसँग पुरानाे आर्थिक कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नआएर भागे पछि विमला घरमै जान बाध्य भएकि हुन । मन्त्री वलिका श्रीमान उत्तर कुमार वलिकाे दुर्घटना पश्चात एकराजले नगद पैसा लगेकाे र पटक पटक घरजग्गा र सुनचाँदी धिताे राखेर पैसा मागेर एकल महिललाई पटक पटक मानसिक तनाव दिईरहेकाे मन्त्री वलिले बताईन ।
घटना हुने दिन पनि एकराजकाे घर जानुभन्दा केही समय अघिसम्म एकराज सगँ फाेनमा संबाद गरि एकराजले घरमै आउनु बसेर आर्थिक काराेवार मिलाउ भनेपछि मन्त्री वलि एकराजकाे घरमा पुगेकि हुन । घरमा पुग्न साथ एकराज घरबाट बाहिरिएकाे र माेवाईल अफ गरपछि भेटाउन नसकेको कारण घरपरिवारलाई एकराज खाई भनेर साेधपुछ गर्दै गर्दा एकराजको श्रीमतीले जेठाजु बीरेन्द्र लगायत स्थानियलाई बाेलाएर मेराे घर किन आईस भनेर जर्वरजस्ती धकेलाधकेल भएकाे उनले बताइन् ।
मन्त्री वलिले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर भित्रै थुनेर मान्छे बोलाएर विवाद चर्काएको बताईन ।
लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने तयारिमा जुटिरहेकाे बेला अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई प्रहरीकाे निगरानीमा बुटवल ल्याईएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि प्रदेशमा माओवादीकाे मन्त्री पद पाएकि वली मंगलबार कुटपिटमा संलग्न भएकाे आराेप पश्चात शृखंलाबद्ध रुपमा विवादको भूमरीमा परेकि छन।
बुधबार संसदमा बजेट पेस गर्ने कार्यसूची छ। यस्तो अवस्थामा राज्यमन्त्री नै कुटपिटमा संलग्न सार्वजनिक भएपछि एमालेले सदनमा अवरोध गर्ने तयारी गरेको छ। एमालेले अहिलेसम्म त केही बताएको छैन। तर, राज्यमन्त्री ओलीलाई बर्खास्त नगरे सदन चल्न नदिने अडान राखकाे एमालेकाे एक स्राेतले बतायाे । अहिले बिपक्षमा रहेकाे एमालेकाे प्रपाेकण्ड भएकाे आकलन गरिएकाे माओवादि नेताले बताए । घटनामा संलग्न एकराज अहिले सम्पर्क बिहिन छन प्रहरिले खाेजि कार्य जारि गरिरहेकाे जिल्ला प्रहरी कार्यलय दाङले बतायाे ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माकाे नेतृत्वमा कानुन महिला बालवालका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती लुम्बिनी प्रदेश सरकारका मुख्यन्याधिवक्ता श्रकृष्ण सुबेदि गरि ३ जनकाे छानबिन समिति गठन भएकाे छ। घटना बारे छानबिन गरि अनुसन्धानकाे प्रक्रिया अगाडि बढाउने नेकपा माआबादि केन्द्र लुम्बिनी प्रदेश सचेतक तुलारामा घर्तीले बताए ।