तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।मंगलबार करिब ४ बजे चितुवाको आक्रमणबाट बन्दिपूर– १ बोडीस्वाराका पाँच वर्षीय सुप्रिम थापा मृत्यु भएको प्रहरीले जनाएको छ।घरको आँगनमा खेलिरहेका बालक चितुवाको आक्रमणमा परेका हुन्। चितुवाको आक्रमणमा परेका बालक घरनजिकैको छापेली सामुदायिक वनमा मृत अवस्थामा भटिएको हो। बालकको घाँटीमा चितुवाले नंग्रा गाढेको निशान देखिएको बताइएको छ।
यसअघि शनिबार राति र आइतबार चितुवाको आक्रमणबाट बन्दीपूर–१ र ४ मा दुई जना घाइते भएका थिए। पछिल्ला केही दिन यता चितुवाको आक्रमण बढेको बन्दीपूर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए।वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा १२ जना बालबालिकाले ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
यो पनि पढ्नुहोस -तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।गएराति परेको वर्षाका कारण चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको छ। बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।यसअघि गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।