बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताए।बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।
उक्त पुलको पर्खाल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ।जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो।नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।गत जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो। त्यसका आधारमा खोजतलास गर्दा परियार भारतको उत्तर प्रदेश वासपत जिल्लामा भेटिएका हुन्परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो।परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ।