साईतामा/जापान । जापानमा फेरि अर्का एक नेपालीको निधन भएको छ । परिवार सहित जापानको साईतामा प्रिफेक्चरको तोकोरोजावामा बस्दै आएको निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यू भएको हो ।
श्रीमती तथा २ छोरीहरु सहित जापानको साईतामा बस्दै आएका ४१ वर्षिय कडेलको आईतबार विहान घरमा नै बेहोस भएपछि अल्पायुमै निधन भएको बताईएको छ । कडेलको १४ वर्षिय छोरा भने नेपालमा नै रहँदै आएका छन् ।
बाग्लुङ जिल्ला काठेखोला – ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९ बर्षदेखि कार्यरत रहेका थिए ।
परिवारले दिएको जानकारी अनुसार आज(सोमबार) २: ३० बजे मृतक कडेलको टोकियोको गोतान्दामा अन्त्येष्टि गरिनेछ ।
जापानमा यस (जुन )महिनाको दोश्रो साता नबित्दै कडेल सहित ३ जना नेपालीहरुको निधन भईसकेको छ । मे महिनामा पनि ४ ओसाका, नागोया तथा टोकियोमा गरि ४ जना नेपालीहरुको निधन भएको थियो । nepalnewspost.com बाट साभार