चितवन । चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । आज विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो ।
दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेमा स्कारपियो चालक बारा कलैया उपमहानगरपालिका १ बस्ने ४२ बर्षिय राजिव कुमार कुर्मी,स्कारपियोमा सवार सोही ठाँउका रामबाबु शाह,सोही ठाँउका ६१ बर्षिय महमद बाबु खान,४० बर्षिय शिलादेवि शाह र बारा महागढीमाई नागरपालिका १० का ३२ बर्षिय रामजी प्रसाद शाह रहेका छन् ।उनिहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय टाँडीका नियन्त्रणमा रहेको छ ।वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।