काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।
उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो ।त्यस क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक दिएर ठगी गर्ने दुई महिला पक्राउ परेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएका उनीहरु मंगलबार पक्राउ परेका हुन्।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थायी ठेगाना भइ काठमाडौंको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भइ बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरी गरेका छन्।कविता सुब्बालाई उच्च अदालतले २०७६ फागुन ६ गतेका दिन ५० लाख रुपैयाँ जरिवाना गरेको थियो। यस्तै, गिरीलाई २०७६ माघ १९ गते ५४ लाख ५० हजार जरिवानाको फैसला भएको थियो।पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।