लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ।गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेसी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो।खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए।
दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो। कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटालीलाई ३-० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो।यो सँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुँदै इङ्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी बाट विश्वकप खेल्नेछ। वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो। आइतबार राति भएको खेलमा वेल्सको जितमा एन्ड्रिए योर्मोलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। उनले खेलको ३४ औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए।कार्डिफमा घरेलु टोलीलाई दवावमा राखे पनि युक्रेनले गोल फर्काउन नसक्दा पराजित हुन पुग्यो। युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफको सेमिफाइनलमा स्कटल्याण्डलाई ३–१ ले हराएर फाइनलमा पुगेको युक्रेनले त्यही नतिजा दोहोर्याउन नसक्दा विश्वकपमा छनोट हुन असफल भयो।