केही दिन यता नुवाकोटमा कालो नकाबधारीहरुले आतंक मच्चाइरहेका छन् ।
शुक्रबार विदुर नगरपालिका-८ पिडालुबारीमा कालो पोशाकमा कालो रङ मुखमा लगाएर कोही नभएको घरमा ४ जना आएको स्थानीय दिनेश पौडेलले बताए । पौडेलले नकावधारी ४ जनालाई गाउँले मिलेर लखेटेको जानकारी दिए ।
उनले भने,‘कोही नभएको घरमा पसेर ४ जनाले लुट्न खोजेको अवस्थामा गाउँले मिलेर लखेटियो । घर फोर्नु अघि नै हामीले लखेट्न सफल भयौ तर गाउँका सबै त्रसित छन् ।’ गाउँनै अहिले आतंकित भएको पौडेलले बताए ।
अहिले गाउँको सुरक्षामा नगर प्रहरीहरु खटिएका छन् । उनले केही दिन यता अन्य नुवाकोटका केही स्थानमा पनि नकावधारीहरुले आतंक मच्चाइरहेको सुनाए ।
विदुर-९ का एक युवकको हत्या आरोपमा धादिङका १ युवासहित ३ जना पक्राउ, जिल्लामा एक युवकको हत्यामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । विदुर नगरपालिका–९ खड्काथोकका २५ वर्षीय कुमार शिवभक्तीको हत्या गरेको आरोपमा प्रहरीले धादिङका एक युवकसहित चार नुवाकोटे युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गत असार १४ गते मृतकको शव शंकास्पद अवस्थामा फेला परेपछि उनका भाइ श्रीकृष्ण शिवभक्तले दिएको उजुरीका आधारमा चार युवालाई पक्राउ गरिएको हो ।
हत्याको आरोपमा धादिङ खनियावासका २४ वर्षीय सुनिल तामाङ, विदुर नगरपालिका–९ नुवाकोटका २० वर्षीय सन्दीप तामाङ, २५ वर्षीय विशाल तामाङ र २४ वर्षीय सरोज लामालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति भएपछि मृतकका आफन्तले बिहीबार शवको दाहसंस्कार गरेका छन् । प्रहरीका अनुसार नशा र अशिक्षाका कारण हत्या हिंसाका घटना हुने गरेको छ । Nuwakotexpress बाट साभार