भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ।इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ।इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।प्रहरीले विराटनगरबाट ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ। मोरङ विराटनगर महानगरपालिका-४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्र्याक्टरसहित सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले भारत जोगवनी-१० टिकुलीया बस्ने ३४ वर्षीय श्याम चौधरीलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उक्त ट्र्याक्टरमा मोटरपार्ट्स, छाला, मेसिन पार्ट्स र कपडा लगायतका सामान थिए।प्रहरीले उक्त सामानको मूल्य ४० लाख बराबरको भएको जनाएको छ। प्रहरीले उक्त सामान अवैध रूपले राजश्व छलेर विराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।प्रहरीले आवश्यक कारबाहीको लागि ट्र्याक्टर चालकसहित सामान राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाएको छ।