सरकारले २०० सीसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटरमा करको दर घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जजनिक गर्दै सरकारले १२५ देखि २०० सीसीम्मका मोटरसाइकल तथा स्कुटरमा अन्तःशुल्क १० प्रतिशत घटाएको जानकारी दिए ।
यसअघि ५० प्रतिशत रहेको अन्तःशुल्कलाई घटाएर सरकारले ४० प्रतिशतमा झारेको हो । सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क भने २० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्याएको छ । यसअघि ६० प्रतिशत रहेको थियो ।
बजेटले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा भन्सार शुल्क ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत बनाएको छ । यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्दै आएकोमा २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा बढाएर ७० प्रतिशत पुर्यार्एको छ । यो रेन्जमा अन्तःशुल्क ८० प्रतिशत पुर्याएको छ ।
५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।