रिया बस्नेत क्षेत्री
बुटवलमा आयोजित गणतन्त्र दिवस २०७९ बिशेष समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम पनि भएको बताए ।
साेहि कार्यक्रममा बाेल्दै मुख्यमन्त्री केसीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएकाे हुनाले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ १५ गतेलाई नेपाली इतिहासकै स्वर्णिम दिनको रुपमा लिपिबद्ध गरिएको बताए ।
नेपालको संबिधान २०७२ ले संघ, प्रदेश र स्थानीयतह गरी ३ तहको राज्यको संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको प्रदेश सरकारलाई संघ र स्थानीय तहहरुको संयोजन गर्ने भूमिका दिएको छ त्यो भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेकाे उनले बताए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री केसीले सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु सबै नेपालीहरुको कर्तव्य र अधिकार रहेको उल्लेख गरे । गणतन्त्र नेपालको स्थापनासँगै गणतन्त्रको जगमा संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरू संस्थागत भएकाले आफ्ना अधिकारहरूलाई संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव गर्न प्रदेशवासीमा अपिल समेत गरे ।
विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुढृढीकरण मार्फत लाभको न्यायोचित वितरणलाई प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताए ।