१९ यात्रु र तीनजना चालक दलका सदस्य बोकेको सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको टीटी डाँडासम्म सम्पर्कमा रहेको बताइएको छ । त्यसपछि उक्त जहाज सम्पर्कविहीन भएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म जहाजको बारेमा केही जानकारी प्राप्त भएको छैन । “जहाज सम्पर्कमा छैन,” उनले भने, “त्यो बाहेकको विवरण आइसकेको छैन । हामी बुझ्ने प्रयासमै छौँ ।”
प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो १०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो । थप विवरण केही समयपछि