रिया बस्नेत क्षेत्री
लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला भएको बताएका छन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गर्दै मन्त्री थारुले रुकुम(पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिने बताए ।
यहाँका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यहि संकलन गर्ने, यहि प्रशोधन गर्ने र औषधी उत्पादन गरेर जानुपर्नेमा उहाँले जोड दिए ।“रुकुम(पूर्व) यार्सागुम्बा जस्तै अमुल्य जडिबुटी पाइन्छ यसलाई प्रदेशकाे नीति तथा कार्यक्रममा समेटि व्यवस्थित ढगंले सञ्चालन र परिचालन गर्ने योजना बनाएर अघि बढे जिल्लाकाे पनि आर्थिक समृद्धि हुने उनले बताए । जिल्लामा औषधी उत्पादन गर्ने गरी कार्यक्रम अघि बढाउने कुरामा स्थानिय तहले पनि चासाेकाे बिषयले हेर्न अग्रह गर्दे जडिबुटी व्यवस्थापनकाे बिषयलाई प्रदेश सरकारले सबै तहबाट सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
पछिल्लो समयमा विज्ञान प्रविधि र खाद्यान्नमा रसायन प्रयोग बढ्नु, दैनिक जनजिवन अस्तव्यस्त हुँदा मानिस विभिन्न रोगको सिकार हुँदै गएको बताउदै मानिसकाे स्वस्थ्य आहारविहार र योगले मानिसलाई स्फुर्त बनाउने बनाउँछ आयुर्वेदिक चिकित्सा पद्धतिले मानिसलाई स्वस्थ बनाउने बताउँदै स्वस्थ्य नागरिकले मात्र देशकाे आर्थिक समृद्ध विकास गर्न सक्ने मन्त्री थारुले बताए ।
जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा सुचारु गरेको एक वर्षपछि औपचारिक रुपमा केन्द्रको उद्धघाटन गरिएको हो । आयुर्वेद केन्द्रले रुकुम(पूर्व) मा गएको वर्ष जेठ २६ गतेबाट सेवा सुरु गरेको थियो । अहिलेको जेठ २६ मा केन्द्रले सेवा सुरु गरेकाे ठिक एक बर्ष पुग्याे जिल्लामा सेवा सुरु गर्नेबेला कोभिड महामारी चलिरहेको कारण त्यतिबेला उद्धघाटन कार्यक्रम गर्न नसकिएको कारण अहिले उद्धघाटन भएकाे हाे।
आयुर्वेद केन्द्रले हालसम्म बिरामीको निःशुल्क उपचार गरिरहेको छ । अहिले यो स्वास्थ्य केन्द्रले ओपीडीमार्फत बिरामीको सेवा प्रवाह गरिहेको छ । थेरापी सेवा प्रवाहको तयारी भए पनि त्यो सञ्चालनमा आउन नसकेको केन्द्र प्रमुख डा.गणेश अधिकारीले बताए । आयुर्वेद केन्द्र सञ्चालनमा आएपछि सर्वसाधारणको आयुर्वेद चिकित्सा र उपचार पद्धतिमा आकर्षण बढिरहेको उनले बताए । थेरापी पद्धति र अरु सेवा थप भएपछि आयुर्वेद उपचारमा जोडिनेहरू स्वभावैले बढ्ने विश्वास रहेकाे अधिकारीले बताए।