काठमाडौं : रुपन्देहीको भैरहवा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा संचालन हुने यस विमानस्थल ले बार्षिक १० लाख यात्रु धान्न सक्ने छम्मत रहेको छ । यो विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीहरुलाई औपचारिक आग्रह गरिसकेको छ ।
कुन कुन वायुसेवाले चासो देखाएका छन्?
यो विमानस्थलबाट आफ्नो उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरु को सुची यस प्रकार रहेको छ :
नेपाल वायुसेवा निगम,जजिरा, श्रीलंकन एयरवेज, ओमानको सलाम एयवेज,थाइ स्माइल,कतार एयरवेज,फ्लाई दुवई,गल्फ एयर,गो एयर,एयर विज, ओमान एयर
यी सबै विमान कम्पनीहरुले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।
विशेषगरी नेपाली श्रमिकका गन्तव्य मुलुकका हवाइ कम्पनीको चासो बढी रहेको छ तर कुन कुन कम्पनीले उडान सुरु गर्छन् भन्ने अहिलेसम्म यकिन छैन । विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले विभिन्न देशका वायुसेवाहरूले उडानका लागि चासो देखाएको र आगामी दशैँसम्ममा सो विमानस्थलबाट दैनिक रूपमा दशदेखि १५ वटा उडान हुने अपेक्षा आफूहरूले राखेको बताए।
उनी भन्छन्, “कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिनका लागि उडानको तालिका नै सार्वजनिक गरिसकेको छ। मलाई लाग्छ नेपालका जुन वायुसेवाहरू छन्, नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र बुद्ध एअरलाइन्सले यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहनुभएको अवस्था पनि छ।”
पर्यटन मन्त्रालयले यो विमानस्थलबाट आफ्नो व्यवसायिक उडानका लागि विभिन्न उडान कम्पनीहरुलाई पत्र पठाएको उनीहरुले पर्यटन मन्त्रालय तथा आयोजनालाई आफूहरु उडानका लागि इच्छुक रहेको संस्थागत जानकारी गराइसकेका छन् ।
मन्त्री आलेको यो घोषण गरेपनि त्यसअघि आन्तरिक व्यवस्थापनसँगै भारतसँग संयुक्त हवाई मार्ग र वैकल्पिक मार्ग लगायतका विषयमा भने सहमति जुटाउन बाँकी छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त निर्देशक श्यामकिशोर शाह भन्छन्, “यतिबेलाबाट उडान थाल्ने भन्ने नभइसकेको भएपनि एअर अरेबियाका तर्फबाट तयारी अघि बढेको हामीले बुझेका छौँ। उहाँहरूले बजार विस्तारका लागि अध्ययन गरिरहेको र विभिन्न ट्राभल एजेन्सीहरूसँग उडान सञ्चालनबारे छलफल गर्नुभएको छ।”
उनले थपे, “कुनै पनि वायुसेवाले हामी फलानो दिनबाट उडान गर्छौँ भनेपछि बल्ल अनुमतिको प्रक्रियामा त्यो विषयले प्रवेश गर्छ।”
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले उक्त विमानस्थलबाट उडान गर्नेबारे ठोस प्रस्ताव नगरिसकेको अधिकारीहरू बताउँछन्।
तर नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानीमा रहेको हिमालयन एअरलाइन्सले काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेको खण्डमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने जानकारी गराएको उनको भनाइ छ।नेपाली प्रवासी समाचार