सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दु’र्घटना हुँदा एक जना वृद्धाको मृ’त्यु भएको छ।सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अ’नियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।
घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का ग’म्भीर घा’इते हुनुभएको थियो। घरभित्र सुतिरहेकी खड्कालाई एम्बुलेन्सले ठ’क्कर दिएको थियो।उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको थियो।
यो पनि : मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दु’र्घटना हुँदा चार जनाको म’त्यु भएको छ।बुधबार म १ ख ६६० नम्बरको बस राति ८ बजे दैलेखको आठविस नगरपालिका-२ सिस्ने नजिक दुर्घ’टनामा परेको हो। बस सडकबाट कर्णाली नदीमा ख’सेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार बसमा सवार ४ जनाको मृ’त्यु भएको छ।मृ’तकको पहिचान नखुलेको उनले बताए।अरू ८ जना घा’इते छन्। (फाइल तस्बिर
यो पनि :सरकराले सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
‘सूचना प्रविधिको सुरक्षित प्रयोगको लागि साइबार सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यलाई अभियानको रुपमा बढाइने छ । विद्युतिय प्राणलीबाट सञ्चालन भई व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने छ,’ सरकारको नीति कार्यक्रममा उल्लेख छ ।
त्यस्तै डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को प्रभावकारी कार्यन्वयनबाट सर्वाजनिक सेवालाई प्रभावकारी, सहज र सरल बनाइने सरकारले जनाएको छ । Tufanmedianews बाट साभार