झापामा बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ ।शिवसताक्षीस्थित धरमपुरमा आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाले मृतक म्यादी प्रहरीको नाम भने सार्वजनिक गरेको छैन।निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस -मिलल दर्जी भत्तार, सुते टँगरी पसार गीतमा टिकटक बनाएर टिकटकमा हालेको भिडियोपछि नेपाल प्रहरीले उनलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ ।मधेश प्रदेशको सप्तरी जिल्लाको सदरमुकाम राजविराज बस्ने म्यादी प्रहरी निरुता साह नामक युवतिलाई नेपाल प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।केही रकम कमाउन म्यादी प्रहरीमा छिरेकी राजविराज बस्ने निरुता साहले नेपाल प्रहरीको मर्यादा विपरित टिकटकमा भिडियो बनाएर हालेपछि प्रहरीले उनलाई कारवाही थालेको हो ।
उनले प्रहरीको बर्दीमै अभद्र गीतहरुमा टिकटक बनाएर सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो । यद्यपी, उनको बचाउको लागि नेपाल प्रहरीकै अनिल यादव भन्ने हबल्दारले टिकटकमा लाईभसम्म आएको देखिएको छ ।सप्तरीका डिएसपी एवम् प्रवक्ता माधव प्रसाद काफ्लेले समेत म्यादी प्रहरीमा रहेकी निरुता साहलाई कारवाही गरिने जनाएका थिए । तर, साहको लागि केही प्रहरीहरुले नै पैरवी गरेको बुझिएको छ ।यता, मधेश प्रदेश प्रहरीका प्रवक्ता एसपी तुल बहादुर कार्कीले उनलाई कारवाही प्रक्रिया अगाडी बढाईसकेको बताए । व्यपाक जनगुनासो एवम् सँचारकर्मीहरुको प्रश्नमा उनले साहलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताए ।
साहलाई चालचलन, मर्यादा विपरित काम गरेको भन्दै सोही अनुसारको कारवाही गर्ने बताइएको छ । यद्यपी, अझै पनि म्यादी प्रहरी निरुता साहले आफूलाई कसैले नहटाएको र आफू अझै पनि ड्युटी गरिरहेको पुनः टिकटकमै लाईभ आएर बताएकी छन् ।