बाघको आ’क्रमणबाट बर्दियामा एक जनाको मृ’त्यु भएको छ । बाघको आ क्रमणबाट मधुबन नगरपालिका २ कि ५४ वर्षिषा कौशिला पालको मृ त्यु भएको छ ।
जनजगृती सामुदायिक वनमा मंगलबार बेलुकि बाख्रा चराउन गएको बेला पाललार्इ बाघले आ क्रमण गरेको र उनको घ टना स्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।
बाघका कारण पटक पटक मानबिय क्षती भइरहेको भन्दै घाँस दाउरा तथा वस्तु भाउ चराउन जादा होसियारी अपनाउन यसअघि जिल्ला प्रहरी कार्यलय बर्दियाले सबैमा अनुरोध समेत गरेको थियो ।
हेर्नुस भिडियाे –
याे समचार पनि हेर्नुहोस
ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी हुनुभएका हर्कराज राईले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताउनुभएको हो । “म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु”, उहाँले भन्नुभएको छ ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आउनुभएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गर्नुभएको छ । “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाइँको सेवक, जय धरान”, उहाँले भन्नुभएको छ । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ ।