रोल्पाको सिमलबाङमा आज मङ्गलवार दिउँसो अटोरिक्सा दु’र्घटना हुँदा एक जनाको ज्या’न गएको छ भने तीन जना घा’इते भएका छन् ।
लिबाङबाट माडीचौर जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो रोल्पा नगरपालिका २ सिमलबाङमा दुर्घटना भएकाे हाे । दु’र्घटना अटाे चालक रोल्पा २ थलिबाङका २९ वर्षीय महेश कवरको ज्या’न गएकाे हाे ।
यस्तै अटोमा चढेका रोल्पा ७ माडिचौरका ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र ४७ वर्षीय सहवीर खत्री घाइ’ते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।घा’इतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । अटो अ’नियन्त्रित भइ सडकबाट त’ल ख’सेको प्रहरीले जनाएकाे छ । (फाइल तस्बिर)
यो पनि : बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।
आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।
‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।
आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो भने टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए ।