मोडलिङ तथा ब्युटी प्याजेन्ट सम्बन्धी कन्सल्टेन्सी सञ्चालन गर्दै आएका मनोज पाण्डेमाथि अर्की युवतीले पनि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्।
सुस्मिता केसीले आफूलाई पाण्डेले ६ महिनासम्म बलात्कार गरेको बताएकी छिन्। त्यसपछि हाल पाण्डेलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
सोही क्रममा यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरीकोमा पुगेकी हुन्। आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी छिन्।