दार्चुलाको शैलयसिखरमा हाईस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट उल्लेनीथर्फ गईरहेको हाईस बिहान साडे ९ बजेको समयमा महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका ६ को ग्वानी भन्ने ठाउँमा से १ ज ज २७७ नं को हाईस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । गोकुलेश्वरतर्फ बिजयजुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।
मृत्यु हुनेमा चालक समेत रहेका शैल्यसिखर नगरपालिका ६ का प्रकाश धामी, सोहि ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको परिचय खुलेको र एक जना अर्का मृतकको परिचय खुल्न नसकेको उनले बताए । ‘जुलुसमा सहभागी गराउन मान्छे ओसार्न गईरहेको भन्ने बुझिएको छ थापाले भने, कुन पार्टीहो खुलेको छैन, ओसार्न गईरहेको अवस्ूथामा दुर्घटनामा परेको हो, सवार ३ जना मात्रै थिए । ’ उनले भने ।
हाईस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । प्रहरी टोली घटनास्थलमा रहेको प्रहरी निरिक्षक थापाले बताए ।