भोजपुर -११ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुर्व्यवहार गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस – नेकपा एमाले अछामले बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निष्कासित गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको हो ।साँफेबगर नगरपालिका–६ मा वडाध्यक्षका बागी उम्मेदवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, सोही नगरपालिका–१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका–५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका–९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।