रेसुङ्गा नगरपालिका १२ मा वडा अध्यक्षमा माओवादि केन्द्रका युवा नेता महाकिमकाे उम्मेदवारी ?
के-के छन त उनका प्रमुख चुनावी मुद्दाहरु ;
रिया बस्नेत क्षेत्री
आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनावी दौड तीव्र बनाएका छन् ।
स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा चुनावी सर्गम पनि बढ्दै गएकाे छ । चिया पसल देखी घरघरमा चुनावी बहस चल्न थालेकाे छ ।
गुल्मीकाे रेसुङ्गा नगरपालिका १२ मा पनि नेकपा माओवादि केन्द्रले घरदैलो कार्यक्रम थालेकाे छ।संघ , प्रदेश र स्थानियतह सम्म आउँदा गठबन्धनकाे सहमति अनुसार अन्यत्र ठाउँमा पाँच दलिय संयुक्त गठबन्धन भएता पनि १२ मा भने काङ्ग्रेसले गठबन्धन गर्न असहमति जनाए पछि माओवादि केन्द्र एक्लै चुनावि मैदानमा उत्रिएकाे छ । रेसुङ्गा नगरपालिकाका वडाहरु मध्ये माओवादिकाे बलियाे पकड क्षेत्र भनेकै वडा नं. १२ हाे । उक्त ठाउँमा वडा अध्यक्ष पनि युवा भएकाे कारण माओवादि प्रति युवा पिडिहरुकाे क्रेज निकै बढेकाे पाईन्छ युवाहरुकाे सक्रियताले चुनावी अभियानमा निकै राैनकता र तीव्रता छाएकाे छ ।
रेसुङ्गा नगरपालिका १२ मा वडाअध्यक्ष् पदका लागी माओवादि केन्द्रका उर्जाशिल , युवाकाे धराेहर विकासप्रेमि युवा नेता गिरीप्रसाद महाकिमकाे उम्मेदवारी रहेकाे छ । त्यस्तै महिला सदस्यमा समाजसेवी महिला नेता गंगा देबि बस्नेत ,दलित बाट दलितकाे अगुवाइ गर्ने महिला नेता बाटुली बि.क , खुल्ला बाट युवा नेता भीम राष्काेटी मगर र अर्का कृषिप्रेमी समाजसेवी नेता कृष्ण बहादुर बस्नेत उम्मेदवारी रहेका छन्।
काे हुन वडाअध्यक्ष गिरि प्रसाद महाकिमि ?
रेसुङ्गा नगरपालिका १२ स्थित २०४१ साल असार १४ गते बाबू जुन बहादुर महाकिम र आमा सुनिता महाकिमकाे काेख बाट जन्म लिएका उनी सानै उमेर देखि नै समाजसेवा र खेल क्षेत्रमा तल्लिन हुन निकै रुचाउँथे ।
उनले २०६१ साल देखि विद्यार्थी जीवनबाट नै राजनीति यात्रा सुरु गरेका थिए । सानै उमेर देखीकाे राजनीति जिवन सँगसँगै सामाजिक कार्यहरूमा संलग्न रहँदै आएका थिए ।सामाजिक अभियन्ता एवं खेल क्षेत्रमा उत्कृष्ट खेलाडि तथा उत्कृष्ट खेल प्रशिक्षककाे रूपमा पनि परिचित छन्। यहीक्रममा उनी तेक्वान्दोबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भएका छन्। उनी तेक्वान्दोकाे सक्षम गुरु ब्ल्याक वेल्ट ३ डान समेत हुन ।
विद्यालय तहबाट राजनीतिमा सक्रिय महाकिमले रुपन्देहीमा रहेकाे बुटवल बहुमुखीबाट स्वास्थ्य बिषयमा स्नातक गरेका छन्। ०६१ साल देखि नै पाटिकाे लागि निकै जिम्मेवारि पुर्वक सक्रियताका साथ काम गर्दै आएका महाकिम अहिले रेसुङ्गा नगरपालकाकाे नगर अध्यक्षकाे रुपमा जिम्मेवारी लिएका छन । २०७४ काे निर्वाचनमा पनि साेहि वडाबाट वडाअध्यक्ष उम्मेदवारी रहेका महाकिम काङ्ग्रेस सगँकाे झिनाे मतान्तरले हार व्यहोर्नुपरेकाे थियाे ।
यी बिषयहरु हुन महमकिमका प्रमुख चुनावी मुद्दाहरु ;
प्राथमिकतामा भौतिक र मानवीय विकासलाई मुख्य रुपम महत्त्व दिदै वडाअध्यक्ष दाबि गरेका महाकिम वडाबासीकाे सम्वृद्धि विकासलाइ मूल लक्ष्य बनाएर अगाडि बढेका छन । वडामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, महिला बालबालिका र ज्येष्ठ नागरिक मैत्री कार्यक्रम, कृषिमा आधुनिकीकरण उनका प्रमुख चुनावी मुद्दा हुन्।
वडाकाे नेतृत्व गर्ने अवसर प्राप्त गरे आफूले हरेक नागरिकले महसुस गर्ने गरी स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने उनको दाबी छ। स्वास्थ्य सेवामा परिवर्तन ल्याउन उनले केही योजना समेत बनाएका छन्। जसअन्तर्गत गरिव तथा बिपन्न वर्ग लाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उनको पहिलो लक्ष्य हो।
सामाजिक न्यायको निम्ति राज्यले कसरी काम गर्नुपर्छ भन्ने राम्रो ज्ञान आफूमा रहेकाले वाडमा त्यसको प्रयोग गर्न पाए सामाजिक रूपान्तरणको अभियान पनि सार्थक रूपमा अघि बढ्ने उनको भनाई छ ।
महाकिमले आफ्नै जीवनकालमा वाड समृद्धि र विकासका निम्ति माओवादी केन्द्रले नेतृत्व लिनैपर्ने बताए । आफू नेतृत्वमा आए पार्टीले लिएको आर्थिक समृद्धि सहितको विकास र समाजवादको आधार निर्माणमा सहयाेग पुग्ने बताए ।
अधिकांश जनप्रतिनिधिहरूले पूर्वाधारलाई मात्र विकासका रूपमा परिभाषित गर्दै पछ्याएको परिस्थितिमा महाकिमले भने विकासलाई फराकिलो दृष्टिका साथ बुझ्नुपर्ने बताउँछन्। भौतिक विकासलाई जनशक्ति उत्पादन र उक्त जनशक्तिलाई स्वरोजगारसँग जोडेर मात्र दीगो विकासको लक्ष्य हासिल गर्नसकिने उनको तर्क छ।