नवलपरासी ,१६ बैशाख
बैशाख ३० गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा बिभन्न दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा सम्पुर्ण शक्ति प्रयोग गरेर अगाडि बढिरहेका छन ।
त्यस्तै पश्चिम नवलपरासीको रामग्राम ४ का वडा अध्यक्ष पदका उम्मेदवार मदन यादव पनि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।
रामग्राम ४ मा छुट्टै छाप र प्रभाव पार्न सफल समाजसेवी र पालिकाकोलागि पहिला पनि काम गरेको र अहिलेपनि गर्छु भनेर बाचाका साथ यादव पहिलादेखि नै चर्चामा रहेका उम्मेदवार हुन । सबैको चर्चामा र भरोसामा रहेका यादवले घर घरमा पुगेर वडा अध्यक्ष भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन ।
वडा वासिले पनि यादवलाई साथ रहेको बताउदै आएका छन । यादवले चुनाव चिन्ह छातामा मतदान गरी आफु लगाएतकाे सबै टिमलाई विजयी बनाउन आग्रह गर्दै गर्दा अधिकाम्स नागरीकहरु यादवकै पक्षमा छन । रामग्राम ४ काे वडा अध्यक्षमा मदन यादवको जित निश्चित रहेको वडा वासिको भनाई छ ।
रामग्राम ४ मा समाजसेवी युवा नेता मानिएका यादवले जसपाबाट वडा अध्यक्षमा उमेद्धारी दिएका हुन । पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने यादवको भनाई रहेको छ । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उम्मेदवारी दिएको यादवको भनाई छ ।