नेपाली लोक संगीत बजारमा निकै लामो समयदेखि लागि परेका एवम एक सफल गायकको नाम हो रामचन्द्र् चन्द । सुमधुर आवाजका धनी गायक चन्दको आवाजमा यति बेला लोक दोहोरी गीत ” भिरमा रुदै छु ” सांङ्गितिक बजारमा सार्बजनिक भएको छ । हेमराज डाँगीको संगीत संयोजन रहेको गीतमा चर्चित गायिका टिका पुन र गायक चन्द्र्को आवाज रहेको छ । नन्दु परियारको लय तथा बिक्रम बाबु बिस्वकर्माको शब्द रहेको गीत ” भिरमा रुदै छु ” बजारमा आएको हो ।
चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा राम के सीको छायांकन रहेको गीतमा सारीका के सी ,दिपसन क्षेत्री र गान्धीब सुबेदीको अभिनय रहेको छ । लक्षमण चौहानले सम्पादन गरेको गीतको भिडियो पक्ष बि स्टार फिल्स्म ले निर्माण गरेको हो ।रामचन्द्र चन्दको आफ्नै युटुव च्यानलबाट सार्बजनिक गरिएको गीत ” भिरमा रुदै छु ”ले दर्शक तथा श्रोताको मन जितन सफल होस बुटवल दैनिकको तर्फ देखी शुभकामना ।
भिडियो हेर्नुहोस –