मानव सरोकार समाज नेपलको आयोजनामा क्रितिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई कार्यक्रम तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मानवीयता ,पारदर्शिता र व्यवहारिकता भन्ने मूल नाराका साथ् स्थापाना भएको सस्थाले बोलेर होइन काम गरेर देखाउने छ भन्दै नयाँ वर्षको अवसर पारेर त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम मानव सरोकार समाज नेपलका अध्यक्ष कविल बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।अध्यक्ष शाहीले आगामी दिनमा यो सस्था अझै सशक्त ढंगले अगाडी बढ्ने भन्दै सम्पूर्ण नेपालीहरुको साथ् र सहयोगको आवस्यकता रहेको बताउनु भएको छ । आम नेपाली जनताको साथ् र सहयोग मिलेको खण्डमा देशमा आमुल परिवर्तन गर्न सकिने तथा देश भित्रका गद्दार जो फोहोरी राजनीति गरेर जनतालाई सास्ती दिएका छन् त्यस्ता मान्छेलाइ समेत सफा गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सस्थाका कोषाध्यक्ष सुदर्शन पुडाशैनीले परिवर्तनको सम्बाहक भनेको हामी आफै हो,परिवर्तन हामी आफैबाट सुरु गरेपछि अवस्य समाज र रास्ट्र सुधार गर्न सकिने बताउनु भयो ।कार्यक्रम सस्थाका अध्यक्ष शाहीको संयोजकत्वमा गरिएको थियो ।