चैत २९ गते -मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो । रासस
यो पनि पढ्नुहोस -निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो ।उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । आयोगको २८ चैतमा बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत परिवर्तन’bout आयोगले केही खुलाएको छैन । आयोगले मुख्य निर्वाचन अधिकृत हेरफेर सामान्य विषय भएको जनाएको छ ।यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका मतपत्र च्यातिएको थियो । जसमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको थियो ।न्याय परिषद्को सिफारिसमा नै आयोगले मुख्य निर्वाचन अधिकृत तोक्ने गर्छ । सोही आधारमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको आयोगले प्रष्ट पारेको छ ।