कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ ।विद्यालयबाट फर्कने क्रममा नहरमा नुहाउँदै गर्दा शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाका रोहित धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । उनका अनुसार नहरमा नुहाउनका लागि गएका बालक मृत अवस्थामा नहरको पानीमा उत्रिएको अवस्थामा फेला परेका छन्।बालकको शव नहरको पानीमा उत्रिएको अवस्था देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।
बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । मृतक बालक धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्दै आएका थिए । नहर खन्ने क्रममा आएको पानीका कारण ठूलो तलाउ बनेको छ । तलाउमा बालबालिकाले गर्मिका बेला नुहाउने गरेका छन् ।
यो पनि पढ्नुहोस -उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको गरिब संग विशेश्वर कार्यक्रम अन्तर्गत विहिबार १८ परिवारलाई बाख्रा विरतरण गरिएको छ । नेपाल सरकारको अनुदानमा सञ्चालित गरिबी न्युनिकरणका लागि चौदण्डी नगरपालिका– ८ पिडिबास गुराँस सामुदायीक संस्थाका १८ परिवारलाई २÷२ वटा बोयर क्रस र खरि जातको बाख्रा वितरण गरिएको हो ।
नेपाल सरकारको अनुदान सहयोगबाट गरिबी न्यूनीकरनमा टेवा पुग्ने उद्देश्यका साथ बाख्रा वितरण गरिएको बाख्रा वितरण गरिएको नगर प्रमुख खगेन्द्र राईले बतानुभयो । शिद्दिपुर गाउँ विकास समिती हुँदा बाटै सञ्चालित कार्यक्रम केही वर्ष यता ओझेलमा परेको थियो । स्थानीय सरकार आईसकेपछि कार्यक्रमले पुनः निरन्तरता पाएको वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष गडुड बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
अहिलेसम्म वडा भित्रका ५ वटा संस्था मार्फत किसानहरुलाई बाख्रा, २ वटा संस्थालाई खानेपानी र १ जना कृसकलाई बाख्रा खोर निर्माण तथा मर्मतको लागि रकम उपलब्ध गराएको वडा सचिब राजन प्रसाद अधिकारीले बताउनुभयो । २०७३ साल देखि यो आर्थिक वर्ष सम्म जम्मा १२ लाख ८५ हजार बराबरको सो कार्यक्रम सञ्चालन भएको सामाजिक परिचालक शुशिला विश्वकर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷०७९ सालमा गरिब संग विशेश्वर कार्यक्रमको अनुदान सहयोग बाट गरिबी न्युनिकरणका लागि बाख्रा बितरण गरिएको हो ।