चैत्र १८, तिलोत्तमा । विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तिलोत्तमा नगरपालिका अन्तर्गत बैशाखमा निर्वाचनका लागि चुनावी उम्मेदवार र अभियान तयार भएको छ ।
तिलोत्तमा नगरपालिकाका लागि मेयर,उपमयेर सँगै नगरपालिका भित्रका १७ वटा वडाहरुमा वडा अध्यक्ष लगायत अन्य पदमा उम्मेदवारहरु तयार गरिएको जानकारी दिनु भयो ।
बुटवल दैनिक सँग कुरा गर्दै डा. केसीले नागरिकको लागि आधारभूत स्वास्थ्य र शिक्षामा पहुँच सँगै निःशुल्क उपलब्ध गराउने अठोट अभियानका साथ विवेकशील साझा पार्टी र आफूहरु अगाडि बढेको बताउनु भयो ।