सुन्दरीजलमा टिपरको ठक्करबाट दुइजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा४ख ६९६५ नम्बरको टिपरले तामाङ र उनकी छोरीहरू सवार बा५१प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।उक्त ठक्करबाट सुन्दरीजलका अन्दाजी नौ वर्षीया श्रेया तामाङ र चार वर्षीया सृष्टि तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुन्दरीजलमा तनाव:- टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ।बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो।बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन्।अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।
बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरू वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे।टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।