इटहरी स्थित एपेक्स अस्पतालमा उपचारको क्रममा एक बालकको ज्यान गएको छ । इटहरी–२ बरगाछीका साढे तीन वर्षीय सन्देश शाहको ज्यान गएको हो । शाहको ज्यान गएपछि बालकका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको ज्यान गएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाई छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।
यो पनि पढ्नुहोस -३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ ।जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए ।
लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो । सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको प्रवक्ता विश्वकर्माले बताए ।उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो । दिलिपविरुद्ध प्रहरीले अाइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।