हास्दै नाच्दै रमाउदै आयो फेरि होली
दुख कस्त बिर्साउदै आयो फेरि होली।
पहाड होस या तराइ, हिमाल फैलिदै
चारैतिर उमङ्गसाथ आयो फेरि होली।।
आँसु बाधा सबै बिर्सीइ खेलौ हामी होली
सथिभाइ इस्तमित्र मिलिजुली खेलौ होली।
प्रत्येक बर्ष आउने यो एकपटक मात्र
हासो खुसि सँगालेर खेलौँ हामी होली।।
धोको फेरि सकेसम्म खेल्ने हो आज होली
जम्मा भई साथिसँगी खेल्ने हो आज होली।
जबरजस्ती अरुलाई कुनै असर नगरी
नाच्दैँ, गाउदैँ , रमादै खेल्ने हो आज होली।।
अविस्मरणीय होस्, सबैलाई यो होली
खुसि बहार लिओस् सबैलाई यो होली।
यसको रङ्गजस्तै रङ्गिन होस्, सबैको जिन्दगी
सभ्य भव्यसाथ खेल्नु, सबैलाई ह्याप्पि होली।।
सुश्रीता चन्द
मदाने, गुल्मी(हाल बुटवल)