सुर्खेत – सुर्खेतमा हिजो भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य जारी राखिएको छ ।जिल्लाको भेरीगंगा नगरपालिका–११, रानीबगरका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा हिजो नुहाउने क्रमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले नदीबाट हराएको सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय छिन्छु, ईप्रका लेकबेंसी र रामघाट चौकीबाट खटिएका प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले भेरी नदीका दुई तिरबाटै हराईरहेका बालबालिकाहरुको खोजी कार्य जारी रहेको बताए ।
उनका अनुसार हिजो साँझदेखि राती अबेरसम्म भेरी नदीका दुबै किरानातर्फ हराएका बालबालिकाको खोजी गरिए पनि अहिले कुनै अत्तोपत्तो लाग्न सकेको छैन् ।आज हराएका बालबालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर समेत प्रयोग गरिने उनले बताए ।