झन्डै २ दशक देखि नेपाली गीत संगीतमा आफुलाई हराई रहेका सर्जक एवम गायक हुन् सागर बिरही। गायक तथा सर्जक सागरका सयौं लोक तथा दोहोरी गीतहरु नेपाली लोक संगीतको बजारमा सुन्न तथा हेर्न सकिन्छ,पाइन्छ। लोक संगीतमा मात्रै होइन बिरहीले दर्जनौ आधुनिक गीतमा समेत आफ्ना शब्द तथा संगीत सिर्जित गरेका छन।
सम्झना छ भन्देउ ,म त एक्लै रुने होला नि ,तिमीले देको चिनो ,संगै हास्ने रुने भनेको ,आदि बाटैमा जस्ता कैयौ गीतले दर्शक एवम स्रोताको मन जित्न सफल भएका छन्। बिरहिका हरेक सिर्जनामा मौलिकता भेटिएको हुन्छ। यसो त उनलाई एक मौलिक गीतका सर्जक भनेर समेत भन्ने गरिन्छ।
बहुप्रतिभाका खानी गायक ,सर्जक तथा संगीत संयोजक सागर बिरहीको शब्द ,संगीत र सगीत संयोजनमा यतिबेला अर्को मौलिकता बोकेको लोक दोहोरी गीत ‘फुल रसैको’ बजारमा आएको छ। दीपिका बयम्बु मगर र उनै विरहीको आवाज रहेको गीत नेपाली गीत संगीतको बजारमा बाहिरिएको छ। चित्र मास्की मगरको नृत्य /निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन्। बिजय पुन र गायिका दिपिका बयम्बु मगरको भिडियोमा मुख्य अभिनय तथा नृत्य देख्न सकिन्छ भने भिडियोलाई सम्पादन रोशन गाहाले गरेका छन्। दीपिका बयम्बु मागरको युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीत अहिले ट्रेण्डिङ्गमा रहेको छ। आगामी दिनमा अझै दर्शक ,स्रोताको मन जित्न सफल होस् हाम्रो तर्फबाट शुभ कामना।