नेपालगन्जः सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोला २४ बर्षीया पूजा देबकोटा वलीको मृत्यु भएको छ । उनको भारतको लखनउमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको पूजाका ठूला बुवा त्रिचन्द्रभवन देवकोटाले जानकारी दिनुभयो ।ठूलो बुवा देवकोटाका अनुसार कोभिड–१९ बिरुद्धको भ्याक्सिन लगाएपछि ५ महिनाकी गर्भबति पूजा एकाएक बिरामी पर्नुभएको थियो।पूजाले एक हप्ता अगाडि सल्यानको श्रीनगरमा कोभिडको बुष्टर डोज लगाएको र सोही दिन रातिदेखि उहाालाई अत्यधिक ज्वरो आउन थालेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो ।
कोभिडको बुष्टर डोजपछि एकाएक ब्लड इन्फेक्सन भएको भनेर उपचारमा संलग्न चिकित्सकले बताएको त्रिचन्द्रभुवनले जानकारी दिनुभयो । पूजालाई त्यसपूर्व कुनै समस्या नरहेको उहाँको दावी छ।‘बुष्टर खोप लगाएकै दिन राति अध्यधिक ज्वरो आउँदा पूजालाई रातारात नेपालगन्ज ल्याइयो उहाँले भन्नुभयो–‘चिकित्कसले ब्लडमा इन्फेक्सन भएको भन्दै थप उपचारका लागि भारतमा लैजान सुझाव दिए, भेन्टिलेटरसहितको एम्बुलेन्स भारतबाट मगाएर लगिएपनि बचाउन सकिएन।’नेपाल सरकारले तीन महिना माथिका गर्भबतिलाई कोभिड–१९ बिरुद्धको खोप लगाउन अनुमति दिएको छ । पूजाको मृत्युको खास कारण पत्ता लगाउन परिवारजनले छानविनको माग गरेका छन् ।