नवलपरासी।
नवलपरासीमा प्रशासनकै मिलेमतोमा खुलेआम तस्करी मौलाएको छ । नवलपरासीका नेपाल प्रहरी उपरीक्षक (एसपी) मनोज यादव ,सशस्त्र प्रहरीक एसपी रुप कुमार क्षेत्री र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध ओसारपोसार हुने गरेको छ ।
नवलपरासीको भारत सीमा बाट बिभिन्न समान सशस्त्र , नेपाल प्रहरी कै मिलोमतो नेपाल भित्रीन्छन भने नेपालको विभिन्न समान् भारत तर्फ पनि जाने गरेको पाईन्छ ।भारत बाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने माटर , छोहड ,मरिच ,इलैची ,र कबाडीका समान् भारत तर्फ जाने गरेको पाईन्छ । यस कार्यम बढी मात्रमा सशस्त्र प्रहरी कै मिलोमतोमा भएको छ ।
सबैभन्दा बढी असुली गर्ने नै प्रहरी को सरुवा सिमा क्षेत्रकाे सिमा चौकी , बि ओ पि र अस्थायी पालमा सरुवा हुन्छ । किनकि उनिहरुले आफ्नो प्रमुख एसपी लाई सबैभन्दा बढी कमिसन दिने गरेका ले उनीहरुकै सरुवा सिमा क्षेत्रमा हुनु को साथै आरु काम झै टेन्डर बाट हुने गरेको छ । जो अग्रिम सबैभन्दा बढि टेन्डरको कमिसन दिन्छा त्यही प्रहरी सिमाम जान्छ ।
एसपी यादव नवलपरासी आएको केहि समय सम्मा तस्करी लाई ताह लगए तर हाल भने कमिसनको कुरा मिलेपछी अहिले तस्करीले खुलेयम तस्करी भैरहेको देखिन्छ ।
जिल्लाको सनई,गेर्मी,अमानीगन्ज, महेशपुर, भुजुवा,पाँचपेडा बसहिया, पडरी, हरकपुरा दक्षिणी क्षेत्रमा बिगतमा पनि अबैध धन्दा हुने गरेका थिए । अहिले चिनीमात्र होइन,हरियो केराउ पनि निर्वाध तरिकाले अबैध रुपमा तस्करी हुने गरेको छ ।
सबै भन्दा बढी पालको जिम्मेवारि पाएका सशस्त्र साई राजन न्यौपाने गेरमा अस्थायी पाल बाट , मुछिए पछि गणमा तानिए केही दिन पछी , हरकपुरा पाल पाए त्यहाँबाट गण तानिय फेरि अहिले सबैभन्दा बढी गाई,भैंसी, हरियो माटर तस्करी हुने ठाउँ सिमा नाका पडरीको रगर्गान्ज नाकामा रहेको अस्थायी पाल इन्चार्ज छन ।
गत हप्ता पडरि नाका बाट बाबलु यादव भनेर चिनिने माटर तस्करको १५ पिक अप सिधै पिक अप बाट अस्थायी पालको आगडी बाट कारोबार भएको हो। भने ३पिक अप भारतीय एसएस बि ले समतेका हुन । यादवको माटरको गोदाम पडरीको दाक्षिण टोलमा रहेको छ।
भने त्यसै गरि रातभरी माटरको बोरा गन्दै कमिसन उठाउने मध्या एक हुन इन्पेक्टर खगेन्द्र चन्द । उनी पहिला भुजाहवा बिओपिका इन्चार्ज थिए उनी कमिसन कै कारण त्यहाँ बाट मुछिएकाले केहि समय गणमा तानिएका अहिले नवलपरासीको सबै भन्दा बढी माटर तस्करी हुने बसहिया (भैरमपुर ) नाकाका अस्थायी पाल इन्चार्ज छन ।
यस बारे थाहा भएकै कारणले प्रहरी प्रशासन , ससस्त्र प्रहरी,घुमुवा खटिएका छन । तर कुनै नियममा घुमुवा नराख्ने प्रावधान छ तर ससस्त्र प्रहरी , नेपाल प्रहरीको प्रत्येक बिओपी ,आस्थाई पाल ,प्रहरी चौकी निकायलाई आर्थिक प्रलोभनमा परी यस कार्य अबैध गर्ने गोप्य तयारी छन् ।
यस कार्य अबैध रुपमा भइरहे हुँदा पनि स्थानीय प्रहरी प्रशासन ससस्त्र प्रहरी घुमुवा अन्य निकाय हरु ले कुनै वास्ता नगरेको प्रष्ट देखिन्छ ।
यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमातो मा यस्ता कार्य अबैध रुपमा भैइरहे छ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको एक युवाले बताए ।
यसको रहस्य के होला। दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेको पाईन्छ ।
नवलपरासीमा जिल्ला भर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि जिल्ला प्रहरी भने बेखबर जस्तैः छ ? सिमावर्ति प्रहरी प्रशासन कै मिलोमातोमा यस्तो अबैध कार्य भैरहदा नियमन नगर्न्र निकायले कार्वाही गर्ला कि नगर्ला ?
उता, राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय पनि यो बेथितीका अगाडि निकम्माजस्तै देखिएको छ । प्रमुख जिल्ला अधिकारी मिश्र केही वर्ष पहिला राजस्व अनुसन्धान कार्यालय बुटवलको प्रमुख भएर बसेका कारण ठूला व्यापारिक घरानाहरुसँग उनको हिमचिम त्यतिबेला देखि नै छ । त्यसकारण राजस्व अनुसनधान कार्यालय उनकासामु निरिह भएको सरोकारवालाहरुको आरोप छ ।
प्रहरी प्रमुख यादव पनि राष्ट्रिय अनसन्धान बिभागबाट नेपाल प्रहरीमा प्रवेश गरेका व्याक्ति हुन् । उनी बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवाको सम्भावित सूचीमासमेत छन् । प्रहरी प्रमुख र प्रशासन प्रमुखनै मिलेपछि कुनै एउटा कार्यालयले चाहेर रोक नसकिएको प्रशासनका एक कर्मचारिले नाम उल्लेख नगर्ने सर्तमा भने ।