फागुन १- झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक तीन वर्षीय बालकको ज्यान गएको छ । टिकमा श्रेष्ठका छोरा आयुस श्रेष्ठको नालीको पानीमा डुबेर ज्यान गएको हो ।घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा बालकको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ–लाईन अस्पताल दमक लगिएकोमा आयुसको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।
यो पनि पढ्नुहोस – खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको ज्यान गएको छ । झापाको मेचिनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा माछा मार्दा करेन्ट लागेर ५० वर्षीय मान बहादुर बराईलीको ज्यान गएको हो ।हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
यस्तै ,पछिल्लो समय नेपालमा एमसीसीको चर्को विरोध आलोचना हुँदै गर्दा गाईघाटमा पनि ६ ओटा पार्टीहरुले यसको चर्को विरोध गरेको छ । ५५ अर्बमा देश बेच्न लागेको भन्दै उनिहरुले चर्को विरोध गरेको हो ।नेपाल कम्युनिष्ट पार्टी, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणत्रान्त्रिक मोर्चा, नेपाल, र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मंगलबार एमसीसी बारे गाईघाटको पिपलचोकमा कोण सभा गर्दै बिरोध गरेको हो ।बिरोधमा उनिहरुले एमसीसी जनताहरुको इच्छा विपरित राष्ट्रघाती रहेको भन्दै यसलाई तत्काल ख्यारेजको माग राखेको छ ।
उनिहरुले देशको वेरुजु हेर्ने हो भने १० खर्ब बढी भ्रष्ट देखिने त्यस्को छानविन चै नगर्ने तर अमेरीकाको राष्ट्रघाती ५५ अर्ब डलर चै सरकारले भित्र्याउने भन्दै यो मान्ने नहुने जनाए । पार्टीहरुले जनताहरुलाई अन्याय हुने त्यस्ता एमसीसी पास नगर्न सरकारलाई अनुरोध गर्दै दलाली नबन्न समेत सुझाए ।विरोध कार्यक्रममा बिभिन्न ६ दलका बैज्ञानिक समाजवादी कम्युनिष्ट बाट गोकुल चाम्लीङ, नेकपा माले बाट राम प्रसाद चौलागाई, नेकपा विप्लब बाट मिन प्रभात पोखरेल र नेकपा क्रान्तीकारी बाट अम्वर परियार बक्ताको रुपमा रहेका थिए ।