बैदेशिक रोजगारीको क्रममा अहिले देशमा जति रेमिटेन्स भित्रिएको छ त्यति नै मात्रामा सामाजिक बिकृती पनि निम्तिएको हामिले देख्दै र सुन्दै आएका छौँ ।घर परिवार लाई केही कमाएर सुख दिने आशमा बिदेशिएका कयौ युवा युवतिहरु बिदेशमा गएर दुख गर्छन । तर उनिहरुले दुख गरि कमाएर पठाएको पैसा लिएर उनिहरुकाश्रीमान तथा श्रीमतिहरु अरुसगँ हिँड्ने गरेको थुप्रै पाइने गरेको छ अहिले । अहिले यस्तै समस्या लिएर मिडियामा एक ब्याक्ती आएका छन ।धनकुटा घर भएका सनम राई अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका छन । ४/५ वर्ष अघि मलेसिया पुगेका सनम आफ्नी श्रीमतिले पैसा खाएर फ’रार भएको फोन सम्पर्कमा बताए ।
बाबू आमा तथा आफ्ना आफन्त कोहि नभएका सनमको मलेसियामा हुँदै एक महिलासगँ कुराकानी हुन थालेको सनम बताउँछन् ।आफु पहिले नै बिबाहित भएको भएता पनि श्रीमानले राम्रो ब्याबहार नगरेको कारण छुट्नु परेको भनी उक्त महिलाले आफुलाई बताएको सनमको भनाई छ ।आफू पनि सानै बाट कोहि आफन्त नभएर दु’ख पाएको र ती महिला पनि आफ्नो श्रीमानसगँ छुट्टिएर बसेको भनी दुबै जना कसैको साथको खोजिमा भएकोले गर्दा आफुहरु बोल्न थालेको सनम बताउँछन ।२ वर्ष भन्दा धेरै आफुहरु फोन तथा म्यासेन्जरमा नै बोलेर प्रेम गरेको उनले बताए ।
ती महिलाको घर परिवार सबैसगँ आफ्नो कुरा हुने गरेको सनमको भनाई छ । प्रत्यक्ष भेट नभएता पनि आफुले उनलाई निकै बिश्वास गरेको सनमले बताएका छन ।त्यही बिश्वासकै कारण आफुले फोन मै बिबाह समेत गरेको उनले बताए । उनको परिवार समेतलाई थाहा दिएर आफुले भिडियो कल मार्फत बिबाह गरि श्रीमान श्रीमती भएको उनले बताए ।त्यस पछि श्रीमति काठमाडौँ बस्न थालेको सनमको भनाई छ । आफुले उनलाई पैसा समेत पठाउने गरेको प्रमाण मिडियामा सनमले दिएका छन ।
फोनमा नै बिबाह गरेको केही समय पछिबाट भने सम्बन्ध बिग्रेको उनले बताए । श्रीमती अर्कै एक केटासगँ लागेको उनको भनाई छ ।काठमाडौँमा दाङ घर भएक बिजय श्रेष्ठ आयुर्वेदिक डाक्टर सगँ श्रीमतीको सम्बन्ध भएको उनले बताए । जनै पुर्णिामा को दिन आफन्तकोमा जान्छु भनेर हिँडेपछि श्रीमतिसगँ त्यति राम्रो फोन सम्पर्क हुन छोडेको उनले बताए ।त्यही बेलादेखी श्रीमती र बिजय सगैँ कोठमा बस्ने गर्न थालेको आफुले बुझेको उनको भनाई छ ।
आफू दशैँमा घर आउने बताए पछि ३ दिन भित्रमा नेपाल नआए आफू अन्तै बिबाह गरेर जाने श्रीमतिले बताएको सनमको भनाई छ । त्यस पछि उनी सम्पर्क बिहिन भएको उनले बताए ।हिले उनका आफन्त सबैले आफुलाई ब्लक गरेको उनको भनाई छ । आफ्नो ३ लाख रुपैयाँ लिएर उनी फरार भएको सनम बताउँछन ।