एक गर्भवती महिलाको ज्यान लिएको आरोपमा कपिलवस्तुमा पति र ससुरालाई प्रहरीले पक्राउ गरेकाे छ।यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई यस्तो गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम र उनकाे बुवा ५० वर्षीय अब्बासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।मृतक महिला दुई महिनाको ग’र्भव’ती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएकाे छ।
बिहीबार बेलुका रहिसुन्निसाको ज्या’न लि’ए’र र भोलिपल्ट शुक्रबार स’तग’त ग’रिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।यस क्रममा ती महिलाका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।
उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो क’मान्डमा प्रहरीको टोली पुगेर ला’स उ’त्ख’न’न गरेको हो।घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।