गुल्मी – जिल्लाको मदाने गाउँपालिकाका का विभिन्न स्थानमा हिमपात भएको छ।
सोइरे
बिहिबार रातीदेखि लगातार पानी परेसँगै मदाने गाउँपालिकाका उच्च स्थानहरु मदाने लेक, गुराँसे, सोइरे डाँडा सहित अन्य बिभिन्न उच्च स्थानहरु हिम श्रीङ्खला जस्तै सेतै बनेका छन ।
हिमपात मदानेका विभिन्न स्थान लगायत जिल्लाका उच्च पहाडि स्थानमा हिमपात भएको छ ।
तस्बिर: दिनेश सेन
हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका छन भने अत्याधिक चिसो बढेकाले जनजीवन कष्टकर बनिरहेको छ ।
अग्लुङ्गबाट देखिएको दृश्य
मदाने लेक
हिमपातसँगै चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ । जिल्लामा बिहीवार रातीदेखि पानी पर्न सुरु भएसँगै हिजो रातिदेखि नै हिमपात परेको हो ।