पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा सञ्चालित किशोरीहरुका लागि दुई दिने आत्मरक्षा तालिमको सोमबार आज समापन भएको छ
रामग्राम नगरपालिकाको आयोजना तथा उपकार समाज संस्था नवलपरासीको सहजीकरणमा रामग्राम १४ डैनहवामा तालिम सञ्चालन गरीएको थियो । तालिमको हिजो शनिबार उद्घाट गर्दै रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले किशोरी मैत्री वातावरण निर्माणका लागि शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यक्ता जस्तै आत्मरक्षा तालिम पनि आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
किशोरी, बालिकामाथि हुने हिंसा न्युनिकरणका लागि नगरपालिकाले आगामी दिनमा बृहत रुपमा नै आत्मरक्षाको तालिम गराईने नगरप्रमुख गुप्ताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडा सदस्य सुदामा कामीको अध्यक्षता तथा नगरप्रमुख गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनता माध्यमिक विद्यालय डैनहवका प्रध्यानाध्यापक दिपक भट्टराई लगातयले मन्तव्य व्यक्त गर्नुभएको उपकार समाज संस्थाका संयोजक रञ्जित शर्माले जानकारी दिनुभयो ।
प्रशिक्षक ममता जयप्रकाश सिंह र रेनुका चौधरीले सो तालिमको सहजिकरण गर्नु भएको थियो ।
रामग्राम नगर बाल संजालका सल्लाहकार सिद्धान्त पाठक,पत्रकार बिनोद निगम, ज्ञानेश्वर साहनी लगायतको अतिथिकता रहेको थियो भने तालिलमा ५० जना किशोरीहरुको सहभागिता रहेको थियो ।
(बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)