नवलपरासी / माघ १८ ।
आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ हरकपुरा स्थित दिउँसो ३ बजेकाे समयमा दुईवटा माेटरसाईकल ठाेकिदा एक जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
सुस्ता गाउँपालिका वडा नं २ हरकपुरा भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेकाे लु १८ प ८६०५ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउदै गरेकाे युपी ५६ ए एन ७२३५ नम्बरको भारतीय माेटरसाईकल एक आपसमा ठक्कर खादा माेटरसाईकल चालक भारतकाे जिल्ला महाराजगंज आन्नदनगर फरेन्दा बजार बस्ने वर्ष अन्दाजी १९ काे अरबिन्द चमारकाे उपचारकाे क्रममा सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा मृत्यु भएकाे छ भने साेही माेटरसाईकलमा पछाडि सवार ए.ए बस्ने वर्ष अन्दाजी ३५ काे ककिलवती चमार र वर्ष अन्दाजी १९ काे रामकरण चमारकाे अवस्था समान्य रहेकाे र घाइते दुवै जनाको साेही अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
स्कुटर चालक नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं १५ बस्ने वर्ष अन्दाजी १८ काे अमृत सुनारकाे दुवै खुट्टा फ्याक्चर र कम्मरमा गम्भीर चाेट लागेको र स्कुटरमा पछाडि सवार ए.ए बस्ने वर्ष अन्दाजी १७ काे निर्मल तामाङकाे टाउकोमा चाेट,शरीर,दाहिने खुट्टा फ्याक्चर भएकाे र उनीहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा सामान्य उपचार पश्चात् थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा रिफर गरिएकाे सुचना अधिकारी शाहीले जानकारी दिनुभयो । माेटरसाईकल र स्कुटर प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ ।