विज्ञान र प्रविधिको युग भनिने यो २१ औ शताब्दिमा पनि अझै हाम्रो देश नेपालमा भने मान्छेहरु अन्धबिश्वास र रुढीबादी परम्पराहरुको पछाडी लागेको देख्दा नै हामी अनुमान लगाउन सक्छौ कि हामी नेपाली कति पि”छडिए का छौ । अरु देशका जनशक्ति चन्द्रमा लगायत अन्य ग्रहमा बस्ती बसाउने कुरामा त”ल्लि”न रहदा हाम्रो देशमा भने अझौ मान्छेहरु जा”तपात, छुवाछुत देखि लिएर यस्तै अन्धबिश्वासलाई लिएर झगडा गरिरहेका छन जुन आफैमा एउटा लज्जास्पद विषय रहेको छ ।
भनिन्छ माया अन्धो हुन्छ, जब मान्छे मायामा पर्छ तब उसले वरिपरि मायाशिबाय केही देख्दैन, उ आफ्नो मायाको लागि जुनसुकै हद पार गर्न पनि तयार हुन्छ । तर यसरी सिमाभन्दा धेरै गरिएको माया बिरलैमात्र सफल हुन्छ । इलाम घर भएकी कुमारी तामाङले पनि म्याग्दि घर भएका तिर्थबहादुर परियार नाम गरेका एक पुरुषसग माया लाउछिन तर उनिहरुको मायाले सार्थकता भने पाउन सक्दैन ।
पहिले त उनिहरु दुई फरक जातका, घरपरिवारको समर्थनबिना नै उनिहरुले आफुखुसि बिबाह गर्छन, आफुखुसि गरेको बिबाहबाट पनि कुमारिलाई खुसी मिल्दैन, तीन छोरीहरु जन्मेपछी उनका श्रीमानको भि”रबाट ल”डे”र मृ”त्यु हुन्छ जसले उनको जिबनमा आधीबेहरी नै ल्याउछ । परिवारले त उनको मायामा साथ दिएन दिएन भग्वान पनि उनको मायाप्रेमको शत्रु बनेर निस्किए । कलकलाउदो उमेर, तिन छोरिहरुको बोझ तर उनी अहिले एक्लि अनि सामर्थ्यहिन भएकीछिन ।
उनै कुमारि तामाङ आज मिडियामा आफ्ना दुख अनि पीडाले भरिएको मन लिएर आफ्ना तिन छोरिहरुसहित मिडियासामु आएकीछिन । जात नमिलेपनी मन मिलेपछी तिर्थबहादुरसग आफ्नो परिवारलाइ आफ्नो जात ढा”टेर भएपनी बिबाह गरिन उनले । तर बिबाह गरेको केही समयपछी नै तिर्थबहादुर क्षेत्री नभएर परियार भएको कुरा बाहिरियो । जात थाहा पाएपछि त यता माइतीपक्षको लागि आफु म”रे सो सरह भएको उनी बताउछिन ।
श्रीमान बिदेश गए तर खासै राम्रो कमाइ भने गर्न सकेनन उल्टो ॠणमा परेको र त्यसपछि बुढोले दैनिक ज्याला मजदुरि गरेर नै घरखर्छ टा”रेको उनी बताउछिन । पछाडी डोकोभरी स्याउ सुन्तला र अगाडि नानी बोकेर पनि आफुले पेट पाल्नुपर्ने स्थिति समेत आएको उनी बताउछिन । बिबाह भएको १२ बर्षपछी श्रीमान भिरवाट ल”डे”र म”रे, अहिले एक महिलाको घरमा झाडुपोछा गरेर आफ्नो जिबिका चलाइरहेकी छिन उनी ।