बुटवल –
प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समितीको दोस्रो बैठक भैरहवाको द ग्रान्ड किचन रेष्टुरेन्टमा सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समिती अध्यक्ष कमल रायमाझी ले विभिन्न एजेन्डा प्रस्तुत गर्दै बैठक संचालन गरिएको थियो।
प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समिती ले आयोजना गरेको दोस्रो बैठकमा नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समिती सयोजक निर्मल जिसि को प्रमुख अतिथित्यता रहेको थियो । जिसि ले पाटीको बैचारिक नीति र पाटी को अहिले को अवस्थामा जानकारी समेत गराएका थिए । बैठकमा पत्रकारहरु लाई प्रेस ज्याकेट बितरण समेत गरिएको थियो।
दोस्रो बैठकले पिकनिक आयोजना गर्न र बिरामी रहनु भएका पत्रकारहरु माथी सिघ्र स्वास्थ लाभ को कामना गरिएको थियो । प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समिति का सदस्य पत्रकार पशुपति यादव नेपाल रेडक्रस सोसाइटी धकधई उप-शाखा समिती को सचिव पदमा निर्वाचित हुनु भएकोमा सस्थाको तर्फबाट बदाई ज्ञापन गरिएको थियो भने सहभागी पत्रकारहरु आआफ्नो क्षेत्र र स्थल बारे रिपोर्टिङ गरेका थिए । बैठकमा भुवक कार्की, सरु राना , रुद्रहरी कुवर, दिपक गलामी, राज चौधरी र मोहन न्यौपाने सहित ले आआफ्नो भनाई राखेका थिए।